एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेसमा प्रवेश

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेसमा प्रवेश

काठमाडौँ । सिन्धुपाल्चोकका नेकपा एमालेका दर्जनौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री सहित दर्जनौं नेता तथा कार्यकर्ताहरु रहेका छन ।

क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएको कांग्रेस नेता प्रेमध्वज लामाले जानकारी दिए ।

सो अवसरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायत उपस्थित थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार