४५ दिन भित्र क्षतिपूर्ति दिने सहमति

४५ दिन भित्र क्षतिपूर्ति दिने सहमति

जिल्ला प्रहरी कार्यालयमा भएको छलफल पछि सहमतिमा पत्रमा हस्ताक्षर गरिँदै ।

मुसीकोट । रुकुम पश्चिममा जन्ती बस दुर्घटनामा परी मृत्यु भएका आफन्तले क्षतिपूर्ति र घाइतेले उपचार खर्च पाउने भएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा बस दुर्घटनाका पीडित, बस मालिक र सिस्ने हिमाल यातायात प्रालीबीच क्षतीपूर्ति उपलब्ध गराउने सहमति भएको हो ।

दुर्घटनाका घाइते शुशिल थापाका अनुसार सिस्ने हिमाल यातायात प्रालीले ९ लाख, बस बिक्रि गर्ने महेन्द्र गौतमले ९ लाख र बस खरिद गर्ने जीवन पौडेलले ९ लाख गरी जम्मा २७ लाख रुपैयाँ पीडितहरुलाई ४५ दिनभित्रै बुझाउने गरि सहमति भएको हो।

यस्तै सहमति भएपछि आन्दोलन फिर्ता भएको छ । खलंगाबाट जिल्ला बाहिर जाने र जिल्ला भित्रने सवारी साधन पनि चल्न थालेका छन् ।

बस दुर्घटना भएको लामो समय सम्म क्षतिपूर्ति नपाएको भन्दै पीडितहरुले आज विहानदेखि सवारी चल्न दिएका थिएनन् ।

मुसीकोट नगरपालिका २, को बरेली बजारमा ग १ ख २१०९ नम्बरको जन्ती बोकेको बस मंसिर २० गते दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मुसीकोट नगरपालिका वडा नम्बर १ घिमानेका ६७ बर्षका बुदु खड्काको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार