सुन प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

सुन प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ ।

यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन ।

मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० रूपैयाँ बढेको छ । मंगलबार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँ तोकिएको छ ।

पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ९ हजार बढेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार