नेजाका पूर्व अध्यक्ष आचार्यद्वारा बाढी पीडितलाई एक लाख सहयोग

नेजाका पूर्व अध्यक्ष आचार्यद्वारा बाढी पीडितलाई एक लाख सहयोग

काठमाडौँ । नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का पुर्व अध्यक्ष पत्रकार भोला आचार्यले रसुवाको भोटेकोशी बाढी पीडितको लागि एक लाख रकम सहयोग गर्नुभएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ घर भई हाल अमेरिकामा रहनु भएका पत्रकार आचार्यले बाढीबाट पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख तीन रुपियाँ रकम जम्मा गर्नुभएको हो ।

उहाँले आफ्नो जन्मदिनको अवसर पारेर उक्त रकम सहयोग गर्नुभएको हो । आचार्यले जन्मदिनको अवसरमा हालै जन्मभूमिमा घटेको अकल्पनीय पीडामा आफ्नो हात बढाउन पाएकोमा आत्मसन्तुष्टी मिलेको बताउनुभयो ।

नेजाका पूर्व अध्यक्ष भोला आचार्य अमेरिकामा रहेर नेपाली पत्रकारिता तथा नेपाली समुदायसँग सम्बन्धित सञ्चार गतिविधिमा सक्रिय हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार