गुरु जजुरका विद्यार्थीद्धारा सरसफाइ

गुरु जजुरका विद्यार्थीद्धारा सरसफाइ

दाङ । गुरु जजुर नमुना माध्यमिक विद्यालय तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरका विद्यार्थीहरुले विद्यालय सरसफाई अभियान सुरु गरेका छन । कक्षा १२ का शिक्षा र मानवीय संकायमा अध्ययनरत विद्यार्थीहरूले विद्यालयमा सरसफाइ अभियान सुरु गरेका हुन ।

आज देखि देखि म सुध्रिए मेरो विद्यालय सुध्रन्छ भने मूल उद्देश्य का साथ आहा मेरो स्कुल सरसफाइ अभियान सञ्चालनमा ल्याइएको हो । सरसफाई अभियानको पहिलो दिन विद्यार्थीहरुले विद्यालय क्षेत्रभित्र सरसफाई गरेका छन ।

मंसिर देखि उक्त अभियान सुरु गर्ने योजना भएता पनि कोभिड-१९ का कारण सञ्चालन हुन सकेको थिएन । विद्यार्थीहरू पढ्नको लागी मात्र नभई आफ्नो जीवनको हरेक यात्रा सुरु गर्ने थलो विद्यालय भएको कारण विद्यालय सफा राख्नु हामी सबैको दायित्व रहेको एक विद्यार्थी बताएका छन ।

सरसफाइ अभियानमा विद्यालय शिक्षा सङ्गठनका अध्यक्ष ईश्वरीप्रसाद गैरे, प्राध्यापक विष्णु कुमारी खत्री, शिक्षक र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार