रुकुम पूर्वमा ड्रमभित्र लुकाइँ राखेका दर्जन बढी सकेट बम फेला

रुकुम पूर्वमा ड्रमभित्र लुकाइँ राखेका दर्जन बढी सकेट बम फेला

तस्वीर सौजन्य : जीवन केसी

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर २ मा एक दर्जन बढी सकेट बम फेला परेका छन् । गाउँपालिकाको वडा नम्वर २ प्वाङको बुर्केसल्ला भन्ने स्थानमा कालो प्लास्टिकको ड्रमभित्र लुकाइँ राखेको अवस्थामा दर्जन बढी सकेट बम फेला परेका हुन् ।

वडा नम्वर २ का वडाध्यक्ष जीवन केसीले बिहीबार दिउँसो बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको बताउँनुभयो । ‘जंगलमा लुकाएर राखेको अवस्थामा ड्रमभित्र शंकास्पद बस्तु देखेको वडा कार्यालयमा जानकारी आयो’ वडा अध्यक्ष केसीले भन्नुभयो, ‘हामीले इलाका प्रहरी कार्यालय प्वाङको प्रहरीलाई साथमै लिएर जाँदा सकेट बम नै रहेको पत्ता लाग्यो ।’

जंगलमा रहेको ओढारमा ड्रमभित्र लुकाइँ राखेका शंकास्पद वस्तुहरु सकेट बम नै रहेको प्रहरीले जनाएको छ । बम कति संख्यामा छ भन्ने एकिन नभए पनि कालो रंगको ड्रमभित्र दर्जनभन्दा बढी नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।

सकेट बम रहेको स्थानलाई प्रहरीले निगरानी गरिरहेको र शुक्रबार जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्फोज गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

उक्त बम जनयुद्वको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाइँ राखेको हुनसक्ने अनुमान गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार