गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि आवेदन माग

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि आवेदन माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ।

आज सूचना प्रकाशित गरेर मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिहरूले आवेदन दिन सक्ने जनाएको छ।

पत्रकारितामा ७ वर्ष अनुभव भएको र स्नातक गरेको हुनुपर्दछ। सात दिन भित्र इच्छुकहरूले मन्त्रालयमा आवेदन दिन सक्नेछन्।

पत्रकारिता आचारसंहिता उलंघन नगरेका व्यक्तिले आवेदन दिन सक्नेछन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार