प्रगतिशिल प्राध्यापक संगठनको अध्यक्षमा हरिविष्णु ओली चयन

प्रगतिशिल प्राध्यापक संगठनको अध्यक्षमा हरिविष्णु ओली चयन

मुसीकोट । नेपाल प्रगतिशिल प्राध्यापक संगठन मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमको इकाइ कमिटीको अध्यक्षमा हरिविष्णु ओली चयन हुनुभएको छ ।

बिहिबार सम्पन्न भएको संगठनको दोस्रो अधिवेशनले ओलीको अध्यक्षतामा ५ सदस्यीय नयाँ कमिटी निर्माण गरेको छ ।

संगठनको सचिवमा गंगाबहादुर कार्की, कोषाध्यक्षमा हेमन्त आचार्य तथा सदस्यहरुमा हर्कबहादुर ओली र जगतबहादुर ओली रहनु भएको छ ।

हर्कबहादुर ओलीको अध्यक्षतामा भएको अधिवेशनमा संगठनका केन्द्रीय सदस्य ढुण्डीराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

नयाँ कमिटीले पठनपाठनलाई प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउनु पर्ने, आंशिक प्राध्यापकहरुको पारीश्रमिक पुनरावलोकन गर्नुपर्ने, अस्थायी तथा करार प्राध्यापकहरुको स्थायी प्रक्रिया यथाशिघ्र अगाडी वढाउनु पर्ने, क्याम्पसमा विषयगत दरबन्दीको व्यवस्था गर्नुपर्ने र यसका लागि पहल गर्ने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष ओली जानकारी दिनुभयो । ।

यस्तै संगठनले दरवन्दीमा आंशिक प्राध्यापकहरुलाई प्राथमिकता दिनुपर्ने, ५ वटा आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुलाई स्थानीय भत्ता उपलव्ध गराउनु पर्ने र गणित तथा विज्ञान विषयमा न्युनतम मापदण्ड हटाउनुपर्ने माग सहित मध्यपश्चिम विश्वविद्यालय समक्ष गर्ने निर्णय समेत गरेको छ ।

नवनिर्वाचित पदाधिकारीहरु ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार