रुकुममा चुनाव लक्षित सुरक्षा तयारी : प्रशासनले माग्यो व्यक्तिसँग भएका हतियार

रुकुममा चुनाव लक्षित सुरक्षा तयारी : प्रशासनले माग्यो व्यक्तिसँग भएका हतियार

मुसीकोट । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ।

स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन प्रशासनले आज सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आइतबार सूचना जारी गर्दै चैत मसान्त भित्र सबैले आफूसँग भएका हातहतियार बुझाउन आग्रह गर्नुभएको छ ।

उक्त हातहतियार निर्वाचन सम्पन्न भएपश्चात सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय द्धारा जारी सूचना :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार