रुकुम पश्चिममा १ लाख ४ हजार ४८२ मतदाता

रुकुम पूर्वमा ३३ हजार ५१८ मतदाता

रुकुम पश्चिममा १ लाख ४ हजार ४८२ मतदाता

रुकुम पूर्वमा ३३ हजार ५१८ मतदाता

मुसीकोट । आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको छ, जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् ।

यो पाँच वर्षको स्थानीय निवार्चनमा झण्डै ३७ लाख बढी मतदाता हो । २०७४ को स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो ।

यस्तै रुकुम पश्चिमबाट १ लाख ४४८२ मतदाताले मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको निर्वाचनका मतदातामा महिला भन्दा पुरुष धेरै छन् । जसमा ५२ हजार ७ सय ६७ जना पुरुष र ५१ हजार ७ सय १४ जना महिला मतदाता रहेका छन ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै मतदाता जिल्लाको मुसिकोट नगरपालिकामा रहेका छन् । मुसिकोटमा २२ हजार १९७ जना, आठबिसकोट नगरपालिकामा २० हजार ७०८ जना र चौरजहारी नगरपालिकामा १९ हजार १०८ जना मतदाता रहेका छन ।

यस्तै सानीभेरी गाउँपालिकामा १४ हजार ४०६ जना, त्रिवेणि गाउँपालिकामा १४ हजार ३३६ जना र बाँफिकोट गाउँपालिकामा १३ हजार ७२७ जना मतदाता रहेका छन ।

निर्वाचन आयोगका अनुसार जिल्लाभरि मतदान स्थलको संख्या ७३ र मतदाना केन्द्र १३९ रहेका छन

रुकुम पूर्वमा ३३ हजार ५१८ मतदाता

आईतबार निर्वाचन आयोगले रुकुम पूर्वमा ३३ हजार ५१८ जना मतदाता रहेको विवरण सार्वजनिक गरेको छ । जसमध्ये १६ हजार ८९४ पुरुष र १६ हजार ६२४ जना महिला रहेका छन् । जिल्लामा ३५ मतदान स्थल र ४९ मतदान केन्द्र रहने भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार