अनेमसंघ सानीभेरीको अध्यक्षमा भद्रकला ओली चयन

अनेमसंघ सानीभेरीको अध्यक्षमा भद्रकला ओली चयन

मुसीकोट । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)  सानीभेरी गाउँपालिका कमिटिको प्रथम भेला सम्पन्न भएको छ ।

आईतबार सिम्लीमा नन्दकली खड्काको अध्यक्षतामा भएको भेलाबाट भद्रकला ओलीको अध्यक्षतामा अखिल नेपाल महिला संघ  सानीभेरी गाउँपालिका कमिटि गठन गरिएको अनेमसंघ जिल्ला अध्यक्ष तुलसा मल्लले जानकारी दिनुभयो ।

२१ सदस्यीय नयाँ कमिटिको उपाध्यक्षमा ललिता सार्की, सचिबमा तुलसा खड्का , सहसचिवमा ललिता खड्का र कोषाध्यक्षमा बिष्णु ओली चयन हुनुभएको छ ।

भेलामा अखिल नेपाल महिला संघ रुकुम पश्चिमकी अध्यक्ष तुलसा मल्ल, नेकपा एमाले रुकुम पश्चिमका उपाध्यक्ष मनवीर घर्ती, नेकपा एमाले रुकुम पश्चिमका जिल्ला सल्लाहकार परिषद सदस्य नवल सिङ खडका , जिल्ला कमिटी सदस्य नरिभान वुढाथोकी, नेकपा एमाले सानोभेरी गाउँपालिका कमिटी अध्यक्ष लोक बहादुर खड्का लगायतका नेताहरुको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार