राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रम

दाङ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय तुलसीपुरको आयोजनामा गुरु जजुर माध्यामिक बिद्यालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरको गुरु जजुरु माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरिएको हो । विद्यालयमा मेनेजमेन्ट पढ्ने बिद्यार्थीहरु लाई आगामी दिनमा बैंक क्षेत्रमा काम गर्दा वा ब्यापार व्यावसायिक गर्दा सहज होस् भनी वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रम साक्षरता कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय तुलसीपुरका मेनेजर गोपाल आचार्य, नारायण प्रसाद भण्डारी, भेसब पोख्रेल प्राध्यापक विष्णु कुमारी खत्री, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार