तरुण दल चौरजहारी अध्यक्षमा हुकुम ओली सर्वसम्मत चयन

तरुण दल चौरजहारी अध्यक्षमा हुकुम ओली सर्वसम्मत चयन

मुसीकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल चौरजहारी नगरपालिका रुकुम पश्चिमको सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । दोस्रो नगर अधिवेशनले हुकुम ओलीको अध्यक्षतामा १५१ सदस्यीय नेपाल तरुण दलको  नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा डिल्ली खत्री, रामकुमार चन्द, इन्द्र गिरी, सचिव सन्तोष मल्ल, नारायण बुढा, सह सचिवमा शशिराम विक, सञ्जय मल्ल, भरत केसी र कोषाध्यक्षमा इन्द्रबहादुर डाँगी चयन हुुनुभएको छ ।

नेपाली कांग्रेस चौरजहारीका सभापति प्रेम बहादुर ओली, कर्णाली प्रदेश सदस्य बलबीर गोसाई महासमिति सदस्य तिलक भण्डारी, तरुण दल जिल्ला उपाध्यक्ष एवं पार्टीका प्रदेश प्रतिनिधि जितेन्द्र बुढाथोकी लगायतको उपस्थितमा नवनिर्वाचित अध्यक्ष, पधाधिकारी र सदस्यहरुलाई खादा र अविर लगाएर सम्मान गरिएको नेपाली कांग्रेस चौरजहारीका सह-सचिव गोपाल लामिछानेले जानकारी दिनुभयो ।

मंगलबार दिनभरी जसो चलेको बन्दसत्रमा तरुण दलका भावी योजना, निर्वाचन लक्षित छलफल र परिचालन लगायतका बिषयमा छलफल भएको तरुण दलका निवर्तमान अध्यक्ष एवं कांग्रेस चौरजहारीका नेता यदु कुमार आचार्यले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार