चन्द्रबहादुर कांग्रेसमा फर्किए

चन्द्रबहादुर कांग्रेसमा फर्किए

मुसीकोट । रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिका वडा नम्बर ६ का चन्द्र बहादुर सुनार नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको छ । केही समय अघि  नेपाली कांग्रेसबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएका चन्द्र बहादुर मगंलबार पुन : नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको हो ।

उहाँलाई नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका सचिव देब बहादुर कुसारी, सदस्य झर बहादुर शाही, नेपाली कांग्रेस बाँफिकोट ६ का सभापति तिर्थे खत्री लगायतका नेताहरुले टिका लगाएर स्वागत गर्नुभएको थियो ।

नबप्रबेशि चन्द्र बहादुरले नेकपा माओवादी केन्द्रका नेताहरू जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाईदाका लागि मात्रै काम गरेकाले आफूले पार्टी छोडेको बताउनु भयो।

आफुलाई नेकपा माओवादी केन्द्रले झुटा आशोसन गरेर झुक्याएर प्रवेश गराएको भन्दै यस्ता झुटा कुराका पछि नलाग्न सबै कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ । नेकपा माओवादी केन्द्रले १० हजार रुपैयाँ दिने ५९ वर्ष पुगेपछि वृद्धा भत्ता मिलाईदिने भन्दै झुक्याएर प्रबेश गराएको आरोप लगाउनु भएको छ ।

सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरू अहिले भ्रष्ट्रचारमा सक्रिय भएकाले नेकपा माओवादी केन्द्रमा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने उहाँको भनाइ छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार