रुकुममा सत्ता गठबन्धन संयन्त्रले दलगत मतभार सहितको प्रतिवेदन केन्द्रमा पठायो

रुकुममा सत्ता गठबन्धन संयन्त्रले दलगत मतभार सहितको प्रतिवेदन केन्द्रमा पठायो

फाईल तस्बीर ।

मुसीकोट । रुकुम पश्चिममा सत्ता गठबन्धन संयन्त्रको तेस्रो बैठक खलंगामा सम्पन्न भएको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष बिमलकुमार पुनको अध्यक्षतामा बसेको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुको अवस्थाको विश्लेषन सहितको प्रतिवेदन केन्द्र पठाएको हो ।

उक्त प्रतिवेदनमा स्थानीय तहको निर्वाचन २०७४ को दलगत मतभार र हालको मतभारलाई विश्लेसन गरिएको छ । जिल्लामा मतभारका आधारमा माओवादी केन्द्र पहिलो, कांग्रेस दोस्रो र एकीकृत समाजवादी तेस्रो शक्तिका रुपमा प्रतिवेदनमा उल्लेख गरी पठाइएको बताईएको छ ।

आईतबार मुसीकोटमा बसेको बैठकले मतभार सहितको प्रतिवेदनको मस्यौदा तयार गर्न माओवादी केन्द्रका गोविन्द रोका, नेपाली काँग्रेसका यज्ञ विष्ट, एकीकृत समाजवादीका हरिप्रसाद शर्मा र जसपा नेपालका अमर ओलीलाई जिम्मा दिइएको थियो ।

आजको बैठकले उक्त प्रतिवेदन माथि छलफल गरी अन्तिम रुप दिएर केन्द्रमा पठाएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका विज्ञानले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रको चैत्र १७ गते बसेको बैठकले प्रदेश, जिल्ला र पालिका स्तरमा पार्टी प्रमुखहरु रहेको गठबन्धन संयन्त्र बनाउने निर्णय गरे अनुसार रुकुम पश्चिममा लगातार बैठक बसिरहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार