हवाई जहाजमा खरायो ठोक्कियो

हवाई जहाजमा खरायो ठोक्कियो

फाईत तस्बीर ।

नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो ।

जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण पुन : सुचारु रहेको बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक विनित शाहले बताए । जहाज ल्यान्ड हुनेबेला ठोक्किएको खरायोको मृत्यु भएको छ ।

नेपालगञ्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार