रुचाको उपचारको लागि सहयोगको अपिल

रुचाको उपचारको लागि सहयोगको अपिल

मुसीकोट । नेपाली काँग्रेस रुकुम पूर्वका महासमिति सदस्य नन्द बहादुर बिष्टकी श्रीमतीलाई गम्भिर रोग लागे पछि आर्थिक सहयोगको अपिल गरिएको छ ।

विष्टकी श्रीमति रुचा पुन बिष्टलाई गम्भिर प्रकृतिको स्वानोमा रोगको संक्रमण पुष्टि भएको हो । विगत ३ महिना देखि घाँटी दुख्ने र वान्ता हुने समस्याले ग्रसित रुचालाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको घाटिको सिटि स्क्यानको नतिजा अनुसार लाखौ मानिसहरु मध्ये एक जनामा एकाध देखापर्ने स्वानोमा रोगको संक्रमण भएको देखिएको शिक्षण अस्पताल महाराजगन्जका विशेषज्ञ डाक्टर कुन्जन आचार्यले जानकारी दिनुभयो ।

घाटिमा ट्युमर भएर हुने उक्त रोगको सल्यक्रिया अत्यन्त महङ्गो हुने र भारतको जैपुर स्थित जैन सिएमसी अस्पतालमा रिफर गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जानकारी दिएको छ ।

निकै कष्टकर र लामो उपचार पद्धति द्वारा सल्यक्रिया गर्नुपर्ने भएकोले बिष्टलाई सहयोगका लागि उहाँका शुभेच्छुक शुभ चिन्तक तथा सहयोगी आफन्तद्वारा उपचारमा सहयोगका लागि आग्रह गरिएको नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि खडग डाँगीले जानकारी दिनुभयो ।

अहिले शुभचिन्तकहरु बाट सहयोग रकम जुट्न सुरु भएको छ । बिष्टको उपचारमा सहयोग गर्न चाहने मनकारीहरूले उहाँका श्रीमान नन्द बहादुर बिष्टको एभरेष्ट बैंकमा रहेको खाता नम्बर ०४८००५०१२०८८०० मा सिधै जम्मा गर्न सकिनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार