नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमको अध्यक्षमा शर्मा

नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमको अध्यक्षमा शर्मा

अध्यक्ष हरिप्रसाद शर्मा

मुसीकोट । नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमको जिल्ला अध्यक्षमा हरिप्रसाद शर्मा सर्वसम्मत चयन हुनुभएको छ। मंगलबार मुसिकोटमा सम्पन्न पार्टीको जिल्ला भेलाले शर्माको अध्यक्षतामा १०३ सदस्यीय जिल्ला कमिटि  चयन गरेको हो ।

जसको उपाध्यक्षमा माधव गौतम र कल्याणी खड्का, सचिवमा सुरज परियार, उपसचिवमा धनराज खड्का, सिताराम देवकोटा र मोहबिर बिष्ट चयन हुनुभएको बताईएको छ ।

पार्टीका जिल्ला अध्यक्ष बिमलकुमार पुनको अध्यक्षता र सचिव हरिप्रसाद शर्माको संचालनमा भएको उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव डा. बिजय पौडेल, पोलिट्ब्युरो सदस्य तथा कर्णाली प्रदेशका सह-इन्चार्ज शेरबहादुर केसी, केन्द्रिय सदस्य देवि ओलि र कर्णाली प्रदेश सचिव ठगेन्द्र प्रकाश पुरी लगायतले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार