एमालेले जितेका स्थानीय तहमा समाजवादीको दाबी : उपमहासचिव पौडेल

एमालेले जितेका स्थानीय तहमा समाजवादीको दाबी : उपमहासचिव पौडेल

मुसिकोट । जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको लागि रुकुम पश्चिम पुगेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. बिजय पौडेलले तत्कालिन एमालेले जितेका स्थानीय तहमा सत्ता गठबन्धन बिच आफ्नो पार्टीको दाबी हुने बताउनुभएको छ ।

बुधबार समाजवादी प्रेस संगठन रुकुम पश्चिमले मुसिकोटमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहँदै पौडेलले गठबन्धन गर्नेका क्रममा त्यो बेलाको मत समाजवादीकै हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा डा. पौडेलले संविधान र व्यवस्था जोगाउँनकै लागि गठबन्धन गरेको प्रष्ट पार्नुभयो । वर्तमान सत्ता गठबन्धनलाई चुनावसम्म जोगाउने प्रयास रहेको समेत उहाँले बताउँनुभयो । उहाँले चुनावपछि संविधान खतराबाट जोगिने र गठबन्धन पनि त्यहाँसम्म जोगाउने प्रयासमा रहेको उल्लेख गर्नुभयो ।

पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले कम्यूनिष्ट आन्दोलन समाप्त हुने डरले नयाँ पार्टी निर्माण गरेको र एमाले अध्यक्ष केपी ओलीलाई कारबाहि गर्ने अवस्था आएमा कम्यूनिष्ट एकता हुने संकेत गर्नुभयो ।

राम्रो विचार भएको पार्टी स्थापनाको ६, ७ महिनामा मै राष्ट्रिय पार्टी बनेको विश्व इतिहास रहेको बताउँदै उहाँले एउटा चुनाव हार्दैमा आफ्नो पार्टीलाई केही फरक नपर्ने जनाउँनुभयो । ठिक समयमा ठिक एजेन्डा उठाउने पार्टी बलियो छिट्टै बन्ने विश्वास उहाँले राख्नुभयो ।

समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अमरराज पुनले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा पार्टीका पोलिट्ब्युरो सदस्य शेरबहादुर केसी, कर्णाली प्रदेशका सचिव ठकेन्द्र प्रकाश पुरी, जिल्ला इन्चार्ज देवी ओली, सह इन्चार्ज बिमल कुमार पुन, जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार