सानीभेरीमा टाइफाइड खाेप सम्बन्धि अभिमुखीकरण

सानीभेरीमा टाइफाइड खाेप सम्बन्धि अभिमुखीकरण

मुसीकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा टाइफाइड रोग बिरुद्धको खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरु संग अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

गाउँपालिका, स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा टाइफाइड रोग बिरुद्धको खोप अभियान सम्बन्धी अभिमुखीकरण गोष्ठी भएको हो ।

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमको परिचय, टाइफाइड रोग बिरुद्धको खोप अभियानको पृष्ठभूमि र औचित्य, टाइफाइड रोग बिरुद्धको खोप अभियानको लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीति लगायतका बिषयमा छलफल गरिएको शाखा प्रमुख छबिलाल केसीले जानकारी दिनुभयो ।

सानीभेरी गाउँपालिकामा चैत २५ गतेदेखि २८ सम्म टाइफाइड रोग बिरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार