प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ

प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसका दिन आयोजित एक समारोहमा उक्त अभियानको शुभारम्भ गरेका हुन् ।

त्यस अवसरमा उनले खोप अभियानको सफलताको कामना गरे । उनले भने, “जसरी हामीले कोभिडविरुद्धको खोप अभियानमा धेरै हदसम्म सफलता पाएका छौँ, मलाई विश्वास छ, टाइफाइडविरुद्धको खोप अभियानमा पनि हामी सफल हुनेछौँ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर टाइफाइडविरुद्धको खोप अभियान थालेको हो । अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको मन्त्रालयले जनाएको छ ।

यही चैत २५ गते (भोलि) देखि आउँदो वैशाख १८ गतेसम्म राष्ट्रव्यापी रूपमा सो खोप अभियान सञ्चालन हुनेछ । केही जिल्लामा भने अभियानअन्तर्गत नै टाइफाइडविरुद्धको खोप लगाउन सुरु भइसकेको छ ।

ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरेको हो । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको बताइएको छ ।

यो खोप विद्यालयमै दिइने जनाइएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार