रुकुम पश्चिमकाे किटनीमा बस दुर्घटना

रुकुम पश्चिमकाे किटनीमा बस दुर्घटना

मुसिकाेट। रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ किटनीमा बस दुर्घटना भएको छ ।

बिहिबार दिउँसो रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सिम्लिबाट रुकुमकोट हुँदै काठमाडौको लागि छुटेको बस किटनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

बा ३ ख ९६६५ नम्वरको बस दुर्घटनामा परी १४ जना यात्रुहरु सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

बस सडकबाट हुत्तिएर सडक छेउको भित्तामा ठोक्किएको बताईएको छ । घाईतेहरुकाे अहिले जिल्ला सदरमुकामका विभिन्न स्वास्थ सस्थाहरुमा उपचार भैईरहेकाे छ । बसमा २२ जना यात्रु सवार रहेको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार