कांग्रेसले सक्यो एक महिने चुनावी घरदैलो अभियान

कांग्रेसले सक्यो एक महिने चुनावी घरदैलो अभियान

नेपाली कांग्रेसले एक महिने चुनावी घरदैलो अभियान सम्पन्न गरेको छ । स्थानीय तह चुनाव केन्द्रित ुघरघर जाऔं कांग्रेस जिताऔुं अभियान आज सकिएको हो।

फागुन २९ गतेदेखि कांग्रेसले घरदैलो अभियान चलाएको थियो। यसबीचमा प्रदेश, जिल्ला, पालिका, टोल र घरघरमा पुगेर अभियान सञ्चालन गरिएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउनु भयो ।

‘चुनावी अभियानका क्रममा घरघर पुगेर हामीले एमसिसी लगायतमा देखिएका भ्रम चिर्न सकियो,’ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै आज उहाँले भन्नुभयो, ‘सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कामबारे पनि जनतामा राख्न सफल भइयो।’

यस्तै कांग्रेसले उम्मेदवारसहित दोस्रो चरणमा चुनावी घरदैलो सञ्चालन गर्ने तयारी पनि गरेको छ।

प्रवक्ता महतका अनुसार वैशाख ३० मा हुने निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुनेछ। स्थानीय आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गरिने केन्द्रीय समितिले निर्णय गरिसकेको पनि उहाँले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार