देशभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ४ हजार ६९१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ३ हजार ६०० जनाको पिसिआर र एक हजार ९१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै ३४ जना संक्रमित निको भएका छन्। अहिले देशभर ३५० सक्रिय संक्रमित छन्।