काँग्रेस रुकुमद्धारा निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन

काँग्रेस रुकुमद्धारा निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन

सभापति प्रेम प्रकाश ओली र सचिव परमेश्वर भण्डारी

मुसीकोट । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालन तथा प्रचारको लागि नेपाली काँग्रेस रुकुम पश्चिमले विभिन्न समिति निर्माण गरेको छ ।

नेपाली काँग्रेस रुकुम पश्चिमको सम्पन्न पाँचौ जिल्ला कार्यसमितिको बैठकले जिल्ला र नगर तथा गाउँपालिका स्तरिय निर्वाचन परिचालन र प्रचार प्रसार समिति बनाईएको नेपाली काँग्रेस रुकुम पश्चिमका सह-सचिव यज्ञ बिष्टले जानकारी दिनुभयो ।

सह-सचिव बिष्टका अनुसार पार्टि सभापति प्रेम प्रकाश ओलीको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति बनाएको छ । समितिले जिल्लामा निर्वाचन लक्षित परिचालन सम्बन्धिका कामहरु गर्ने बताईएको छ ।

त्यसैगरी जिल्ला पार्टी सचिव परमेश्वर भण्डारीको संयोजकत्वमा प्रचार प्रसार समिति बनाईएको छ । प्रचार प्रसार समिति ५१ सदस्यीय रहेको सह सचिव बिष्टले बताउँनुभयो ।

यसका साथै हरेक नगर तथा गाउँपालिकामा नगर तथा गाउँ स्तरिय निर्वाचन परिचालन समिति बनाईएको छ । नगर सभापतिको संयोजकत्वमा नगरपालिका स्तरिय निर्वाचन परिचालन समिति र गाउँपालिका सभापतिको संयोजकत्वमा गाउँपालिका स्तरिय निर्वाचन परिचालन समिति बनाईएको हो ।

नगर तथा गाउँपालिकामा नगर तथा गाउँ स्तरिय प्रचार प्रसार समिति पनि बनाईएको काँग्रेस रुकुमले जनाएको छ । प्रचार प्रसार समितिको संयोजकमा सम्बन्धित नगर तथा गाउँपालिकाका पार्टी सचिवहरुलाई जिम्मेवारी तोकिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार