बागी उम्मेदवारी घोषणा गरेका वडाध्यक्षले दिए राजीनामा

बागी उम्मेदवारी घोषणा गरेका वडाध्यक्षले दिए राजीनामा

मानबहादुर चनारा

मुसिकोट । रुकुम पश्चिममा एक जना वडाध्यक्षले आफ्नै पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी घोषणा गर्दै पदबाट राजीनामा दिनुभएको छ । नेकपा माओवादी केन्द्र आठबिसकोटका उपाध्यक्ष एवं नम्बर ८ का अध्यक्ष मानबहादुर चदाराले पदबाट राजीनामा दिनुभएको हो ।

२०७४ को स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट उम्मेदवार भई निर्वाचित हुनुभएका वडाध्यक्ष चदाराले आज आठविसकोट नगरपालिकाका प्रमुखलाई सम्बोधन गर्दै वडा अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा आठबीसकोट नगरपालिकामा पार्टीले सिफारिस गरेका मेयर र उपमेयरको उम्मेदवारप्रति चित्त नबुझेर राजीनामा दिएको उहाँको भनाइ छ । उहाँले सम्भावित उम्मेदवारलाई सामान्य सोधपुछसमेत नगरि एकलौटी रूपमा उम्मेदवार सिफारिस गरेको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

यस्तै माओवादी केन्द्रबाटै उम्मेदवार रहेर वडाध्यक्ष हुनुभएका चनाराले पार्टीले आठबीसकोटमा ज्यादती, मनोमानी, अराजकता, तानाशाही प्रवृत्ति देखाएको र एकल निर्णय गरेको आरोप लगाउँदै बागी उम्मेदवारी दिनेसमेत बताउनुभएको छ ।

सोमवार नेकपा ९माओवादी केन्द्र० रुकुम पश्चिमले स्थानीय तहको चुनावका लागि जिल्लाका सबै पालिकामा उम्मेदवारहरू टुङ्गो लगाइ प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेपछि वडाध्यक्ष चनाराले आफूले वडाध्यक्ष पद त्यागेर बागी उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्र आठबीसकोट नगरपालिकाको मेयरमा रवि केसी र उपमेयरमा धनकुमारी शाहीलाई पार्टीले उम्मेदवारका लागि सिफारिस गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार