भोलिदेखि सिम्रुतु बजार देखि खारानेटा सम्मको बाटो बन्द हुने

भोलिदेखि सिम्रुतु बजार देखि खारानेटा सम्मको बाटो बन्द हुने

फाईल तस्बीर ।

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर २ को सिम्रुतु बजार देखि वडा नम्वर ६ को खारानेटा सम्मको बाटो बन्द हुने भएको छ ।

राप्ती लोकमार्ग अन्तरगत पर्ने उक्त खण्डमा कालोपत्रे गर्नुपर्ने भएकाले भोलि (बिहिबार) ८ गते देखि बैशाख १४ गते सम्म बिहान १० बजेदेखि साँझ ४ बजे सम्म सवारी आवागमन बन्द हुने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय चौरजहारीले उक्त सडक कालोपत्रे गर्न लागेको जानकारी कार्यालयमा गराएकोले उक्त क्षेत्रमा आवागमन बन्द हुने जानकारी जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गराएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार