एमाले रुकुम पश्चिमले सबै पालिकाका उम्मेदवारहरूको टुंगो लगायो

एमाले रुकुम पश्चिमले सबै पालिकाका उम्मेदवारहरूको टुंगो लगायो

मसिकोट । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले रुकुम पश्चिमले पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरू टुंगो लगाएको छ ।

आज एमालेको पार्टि कार्यालय बागबजारमा बसेको बैठकले जिल्लाका तीन नगरपालिकाको प्रमुख र उपप्रमुख र तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको लागि उम्मेदवार टुंगो लगाएको हो ।

नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीका अनुसार मुसिकोट नगरपालिकाको प्रमुखमा थलबहादुर ओली र उप प्रमुखमा चन्द्री महतरालाई सिफारिस गरिएको छ ।

यस्तै चौरजहारी नगरपालिकाको नगर प्रमुखमा टंक प्रसाद ओली र उपप्रमुखमा डण्डी कार्की, आठबिसकोट नगरपालिकाको  प्रमुखमा दिनेश चन्द र उप प्रमुखमा कृष्णा कुमारी मल्ललाई सिफारिस गरिएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिकाको अध्यक्षमा प्रकाश खड्का र उपाध्यक्षमा पवित्रा डाँगी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा डिल्ली बहादुर ओली र उपाध्यक्षमा धनकला बिष्ट र बाँफिकोट गाउँपालिकाको अध्यक्षमा गणेश बहादुर केसी र उपाध्यक्ष पदमा देउमी पौडेललाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार