बाँफिकोटमा काँग्रेसको चुनावी सभा

बाँफिकोटमा काँग्रेसको चुनावी सभा

मुसिकोट । नेपाली काँग्रेस बाँफिकोटले चुनावी सभा तथा तरुण दलको मार्चपास कार्यक्रम सम्पन्न गरेको छ । बुधबार बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को छिन्खेतमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति हर्कसिङ खत्रीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा  कांग्रेसका उम्मेदवारलाई विजय बनाउनको लागि आफुहरुले जस्तोसुकै कार्यको सामना गर्न तयार रहेको बताउनुभयो । माओवादीले पहिलाको निर्वाचनमा जनतालाई डर, त्रास धम्की, प्रलोभन जस्तो डर र आशा देखाएर चुनाव जितेको भएपनि अहिले जनताले बुझिसकेकाले यस पटक कांग्रेसको जित निश्चित रहेको जिकिर गर्नुभयो ।

उहाँले माओवादी पार्टीको नेतृत्व बनेको स्थानीय सरकारले जनताको पक्षमा भन्दा पनि व्यक्तिको स्वार्थमा काम गरेकाले यस्ता कार्य गर्ने पार्टीलाई जनताले फैसला गर्ने दिन नजिकै रहेकाले यस्ता पार्टीलाई चिनेर संधैका लागि बिदा गर्नुपर्नेबेला आएको उहाँको भनाई रहेको थियोे ।

यस्तै कार्यक्रमका अतिथि नेपाली कांग्रेस बाँफिकोटका सभापति तथा आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचनका बाँफिकोट गाउँपालिका अध्यक्षका उम्मेदवार जनक कुमार बाँठाले नेपाली कांग्रेसका उम्मेदवारलाई विजय बनाउन सबैमा अपिल गर्दै आफुहरुको जित निश्चित रहेकाले आफुहरुले जेष्ठ नागरिक, युवा बालबालिका, महिला दलित,जनजाति, किसान, मजदुर,अपांग लगायतका साझा मुद्दामा रहेर काम गर्ने बताउनुभयो ।

उहाँले पछाडि पारिएकाहरुको हितमा काम नेपाली कांग्रेसले मात्रै गर्न सक्ने भएकाले सबैले रुख चिन्हमा मतदान गरेर नेपाली कांग्रेसको जितमा सहयोग गर्नु आग्रह गर्नुभयो ।

सोहि कार्यक्रममा नेकपा माओवादी परित्याग गरि बाँफिकोट गाउँपालिका वडा नम्बर ६ का नेपाल दलित मुक्तिमोर्चाका पूर्व सचिव गोविन्द वस्याल, माओवादी केन्द्रका कमानसिंह नायक वडा नम्बर ९ का माओवादी केन्द्रका सह सचिव नन्दकला केसी शर्मा, वडा नम्बर ३ का प्रज्वल विक, हिरालाल विक, देवराज विक, वडा नम्बर २ का नवीन विकले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको नेपाली कांग्रेस बाँफिकोटका सचिव देब बहादुर कुसारीले जनाउनुभयो ।

यस्तै नेपाल तरुण दलले छिन्खेत बजारमा मार्चपास तथा बजार परिक्रमा गरेको थियो ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार