कर्णालीमा गठबन्धन दलबीच भागबण्डा मिलेन, पुनः छलफल हुँदै

कर्णालीमा गठबन्धन दलबीच भागबण्डा मिलेन, पुनः छलफल हुँदै

स्थानीय तहको भागबण्डा गर्ने विषयमा भएको कर्णाली प्रदेशका सत्ता गठबन्धन दलका नेताबीचको छलफल बिना निश्कर्ष टुंगिएको छ। शुक्रबार मध्यरातसम्म भएको छलफल बिना निश्कर्ष टुंगिएको हो।

प्रदेशका ७९ पालिकामध्ये गठबन्धनमा भएका कुन दलले कुन पालिकाको नेतृत्व लिने भन्ने विषयमा दलका प्रदेशस्थित नेता तथा कार्यकर्ताहरु बिहीबारदेखि छलफलमा थिए ।

बिहिबार पनि बिना निश्कर्ष छलफल टुंगिएपछि शुक्रबार दिउँसोदेखि राति अबेरसम्म छलफल चलेको थियो ।

आज फेरि दलहरुबीच यही विषयमा छलफल हुन लागेको नेपाली कांग्रेसका कर्णाली प्रदेश कार्यसमिति प्रवक्ता दमन शाहीले जानकारी दिए। ‘विभिन्न मोडालिटिहरू छन्, अहिलेसम्म कुनै पनि मोडालिटिमा कुरा मिलेको छैन,’ प्रवक्ता शाहीले भने, ‘आज फेरि नेताहरुबीच छलफल हुँदैछ, केही निश्कर्ष निस्किएला।’

भोलिदेखि स्थानीय तहका उम्मेदवारको मनोनयन दर्ताको काम सुरू हुन्छ। यसकारण पनि शुक्रबार राति भागबण्डाको विषय टुंग्याउने प्रयास गरिएको थियो।

कांग्रेस कर्णाली प्रदेश प्रवक्ता शाहीका अनुसार आज साढे ८ बजेदेखि पुनः छलफल सुरू हुने भएको छ।

कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन छ। जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दल छन्। पालिकाको प्रमुख-उपप्रमुख लिने भन्ने विषयमा भने जसपा र राजमो बाहेकका दलबीच छलफल भइरहेको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार