स्थानीय तह निर्वाचनका लागि आज र भाेलि मनोनयनपत्र दर्ता

स्थानीय तह निर्वाचनका लागि आज र भाेलि मनोनयनपत्र दर्ता

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोननयनपत्र दर्ताको कार्यतालिका तोकेको छ । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उमेदवारहरूको आज र भालि मनोनयनपत्र दर्ता गर्नु पर्नेछ ।

बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ । दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्वाचनको तयारी सम्पन्न गरेको र अब उमेदवारी, मतदान, मतगणना र नतिजा प्रकाशनतर्फ आयोग उन्मुख रहेको बताएका छन् ।

उनले उमेदवारी दर्ता गर्ने सन्दर्भमा दुई पार्टीको भेट नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिइएको बताएका छन् ।

मनोनयनपत्र दर्ता भएको उमेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यतालिका छ ।

वैशाख १५ गते मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उमेदवारले नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार