वडा अध्यक्षको उम्मेदवार बनेका खड्काले गरे सम्पत्ति विवरण सार्वजनिक

झण्डै ४ करोडको सम्पत्ति

वडा अध्यक्षको उम्मेदवार बनेका खड्काले गरे सम्पत्ति विवरण सार्वजनिक

झण्डै ४ करोडको सम्पत्ति

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै मुसिकोट नपा २ का वडा अध्यक्षका उम्मेदवार दलबहादुर खड्का ।

मुसिकोट । नेकपा माओवादी केन्द्रको तर्फबाट रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका दलबहादुर खड्काले आफ्नो सम्पति सार्वजनिक गर्नुभएको छ । बुधबार मुसीकोटमा पत्रकार सम्मेलन गरेर खड्काले आफ्नो नाममा रहेको चल तथा अचल सम्पतिको विवरण सार्वजनिक गर्नुभएको हो ।

खड्काले हाल सम्म आफु सँग चलअचल सम्पति तीन करोड ८२ लाख ९० हजार रहेको छ । यसमा ८१ लाख रुपैयाँ ऋण रहेको छ । ऋण कटाएर आफूसँग तीन करोड ११ लाख ९० हजारको सम्पति रहन आउँछ । विभिन्न व्यवसाय, सेवाबाट कमाएको, पुख्र्यौउली गरी यो सम्पति रहेको खड्काले बताउनुभयो ।

यस्तै एक करोड २० लाख बराबरका २ घर, एक करोड ३० लाखको अचल सम्पति जग्गा, एभरेष्ट बहु सेवा प्रालीमा ३० लाख रुपैयाँको शेयर रहेको खड्काले जानकारी दिनुभयो ।

फेडरल बहु सेवा सूचना प्रविधि इन्भेष्टमेन्ट प्राली र कृषि फार्ममा २४ लाखको शेयर, एभरेष्ट बहु सेवा सूचना प्रविधि इन्सिच्युटमा ५ लाख शेयर रहेको जानकारी उहाँले दिनुभयो। डिग्रे शाईकुमारी सहकारीमा ६० हजार बचत, हाम्रो बचत सहकारी संस्थामा १ लाख ८० हजार रुपैयाँ बचत रहेको उहाँले बताउनुभयो ।

विभिन्न बैंक तथा वित्तिय कम्पनीहरुमा १ लाख ५० हजार शेयर, दश लाखका सुन तथा गहना र विभिन्न बीमा कम्पनीहरुमा प्रिमियम भुक्तानीका लागि २० लाख रुपैयाँ रहेको उहाँले बताउनुभयो ।

यस्तै उम्मेदवार खड्काले आफूले जितेपछि आउने सेवा सुविधा वडामा सामाजिक सुरक्षा कोष स्थापना गर्ने र उक्त सुविधा कोष मार्फत खर्च गर्ने योजना रहेको बताउनुभयो साथै कोष सञ्चालनको जिम्मा विपक्षी पार्टीलाई दिने पनि उहाँले बताउनुभयो ।

निर्वाचित भएको अवस्थामा पाँच वर्षपछि कार्यकाल सकिने समयमा पनि आफूले यसैगरी सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पैसा हुँदैमा आफूले निर्वाचनका क्रममा समेत तडकभडक, अनावश्यक खर्च नगर्ने खड्काले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार