बाँफिकोट २ का पहल सिङ नाथ माओवादी केन्द्र परित्याग गरि काँग्रेसमा प्रवेश

बाँफिकोट २ का पहल सिङ नाथ माओवादी केन्द्र परित्याग गरि काँग्रेसमा प्रवेश

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ का माओवादी केन्द्रका स्थानीय नेता पहल सिङ नाथ नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

२०५२ सालदेखि माओवादीमा लागेका नाथ बुधबार काँग्रेको घरदैलो चुनावी अभियानका क्रममा माओवादी केन्द्र परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेको जनाइएको छ ।
उहाँलाई बाँफिकोट गाउँपालिका वडा नम्बर २ का नेपाली काँग्रेस वडा अध्यक्षका उम्मेदवार प्रकाश खत्री,  काँग्रेसका स्थानीय नेता गणेश केसी लगायका नेताहरुले टिका तथा खादा लगाएर काँग्रेसमा प्रवेश गराउनु भएको हो ।

नवप्रबेशी नाथले नेकपा माओवादी केन्द्रका नेताहरू जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाईदाका लागि मात्रै काम गरेकाले आफूले नेकपा पार्टी छोडेको बताउनु भयो।

सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरू अहिले भ्रष्ट्रचारमा सक्रिय भएकाले नेकपा माओवादी केन्द्रमा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने उहाँको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार