खलंगामा एक पुरुषको शव फेला

खलंगामा एक पुरुषको शव फेला

सांकेतिक तस्बिर

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको आठबिसकोट नगरपालिका १ चौर गाँउका ४२ बर्षका प्रजापति शर्माको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरिक्षक (डिएसपी) विष्णुप्रसाद सोतीका अनुसार मंगलबार बिहान साढे ११ बजे कृषि बिकास बैंकको कार्यालय नजिकको सडक छेउमा एक पुरुषको शव फेला परेको जानकारी आएको हो ।

मृतक शर्मा मुसिकोट नगरपालिका १ मा डेरा गरी बस्दै आएको बताईएको छ ।

शव देखेपछि स्थानीयवासीले बिहान प्रहरीलाई खबर गरेका थिए । शर्माको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा लिईएको डिएसपी सोतीले बताउँनुभयो । उहाँका अनुसार घटनाको थप अनुसन्धान सुरु भएको जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार