त्रिवेणीमा माओवादी कार्यकर्ता बिच झडप, ६ जना घाइते

त्रिवेणीमा माओवादी कार्यकर्ता बिच झडप, ६ जना घाइते

मुसिकोट । स्वतन्त्र उम्मेदवारी दिएको बिषयमा रुकुम पश्चिममा माओवादी कार्यकर्ता बिच झडप भएको छ ।

झडपमा परेर ६ जना कार्यकर्ता घाईते भएका छन् । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघामा सोमबार राती १ बजे झडप भएको हो । झडपमा परेर सोहि गाउँका ४२ बर्षका धर्मेन्द सुनार, बर्ष ३८ का टिकाजंग मल्ल, बर्ष ३१ का जीवन पुन, बर्ष ६८ का बलबहादुर पुन, बर्ष १७ का चेतन केसी र बर्ष ४० का यमबहादुर पुन घाईते हुनु भएको छ।

घाईते मध्य धर्मेन्द्र, टिकाजंग र जीवनको अवस्था गम्भिर भएकोले थप उपचारका लागि राती नै नेपालगंज मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । तीनै जनाको टाउकोमा गहिरो चोट लागेको बताईएको छ ।

अन्य तीन जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ।

प्रहरीका अनुसार त्रिवेणी गाउँपालिकाको १ नम्बर वडामा माओवादी केन्द्रका गाउँपालिका उपाध्यक्ष सुन्दर ओलीले स्थानीय तह निर्वाचनको लागि आफ्नो नेतृत्वमा वडा अध्यक्ष सहितको स्वतन्त्र प्यानल बनाएर बागी उम्मेदवारी लिएको बिषयमा विवाद हुँदा झडप भएको हो ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका सुन्दर ओलीले झडपमा आफ्नो कुनै संलग्नता नभएको एक विज्ञप्ति मार्फत उल्लेख गर्नुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार