निर्वाचन कार्यालयद्वारा मुसिकोटमा नमूना मतदान

निर्वाचन कार्यालयद्वारा मुसिकोटमा नमूना मतदान

मुसिकोट । स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमको आयोजनामा आज नमूना मतदान गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ को यमुना नन्द नमूना माध्यमिक विद्यालयमा नमूना मतदानको अभ्यास गरिएको हो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो ।

नमूना मतदान कार्यक्रममा ८४ जना मतदाताहरुले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । जसमध्येमा ८ वटा मत बदर र ७६ मत सदर भएको जनाइएको छ ।

मतदानको दिनमा गरिने सबै प्रक्रिया पुरा गरेर नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको हो ।

सुरक्षा व्यवस्था, कर्मचारी व्यवस्था, मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण प्रक्रिया पुरा गरेर नमूना मतदान कार्यक्रम गरिएको हो । मतपेटिकामा चुनाव चिन्हहरु भने सांकेतिक रुपमा राखिएको निर्वाचन अधिकारी मल्लले बताउँनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार