रुकुममा काँग्रेसको लोकप्रियता र जनलहर देखेर माओवादी अत्तालियो : चौरजहारी काँग्रेस

रुकुममा काँग्रेसको लोकप्रियता र जनलहर देखेर माओवादी अत्तालियो : चौरजहारी काँग्रेस

मुसीकोट । नेपाली काँग्रेस चौरजहारीले जिल्लामा नेपाली काँग्रेसको लोकप्रियता र जनलहर देखेर नेकपा माओवादी केन्द्र अत्तालिएको जनाएको छ ।

स्थानीय तहको निर्वाचनको क्रममा काँग्रेसले गरेको शान्तिपूर्ण कार्यक्रममा हुने जनलहबाट रन्थनिएको माओवादीले उग्रआतंक शैलीमा आक्रमण, धाकधम्की गरेर चुनावको वातावरण त्रासपूर्ण बनाएको काँग्रेसले जनाएको छ ।

चौरजहारी नगर समितिका सचिव लक्ष्मण ओलीले आईतबार एक प्रेस विज्ञप्ती जारी गरेर आफ्नो पराजयको सुनिश्चितता देखेर काँग्रेस कार्यकर्ता माथी ढुंगामुढा, मतदाता माथी मनोवैज्ञानिक त्रास सिर्जना गरेको जनाउनुभएको छ ।

जनताको घरदैलोमा गएको बेला शुक्रबार र शनिबार मात्र चौरजहारी नगरपालिकामा १५ जना काँग्रेस कार्यकर्ता माथी अमानविय तरिकाले आक्रमण गरेर घाईते बनाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा वडा नम्बर १ का वडा सभापति सहित तीन जना, वडा नम्वर ६ मा लक्ष्मण बोहरा सहित सात जना र वडा नम्वर ९ मा चार जना कार्यकर्तालाई माओवादीले आक्रमण गरेर घाईते बनाएको उल्लेख ३ । त्यसैगरी वडा नब्वर ३ मा नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर विश्वकर्मा लगायतका नेतालाई कुटपिट गरिएको विज्ञप्तीमा जनाईएको छ ।

विज्ञप्तीमा नेता तथा कार्यकर्ता माथी गरिएको आक्रमणप्रति बिरोध जनाउँदै अमानवीय कार्यमा संलग्नलाई कानूनी प्रक्रियामा ल्याउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार