आजदेखि सरकारी कार्यालयका सेवा बन्द

आजदेखि सरकारी कार्यालयका सेवा बन्द

मुसिकोट । आजदेखि जिल्लाका सरकारी कार्यालयहरुबाट  प्रवाह हुने सेवा प्रवाह बन्द हुने भएका छन् ।

बिभिन्न सरकारी कार्यालयका कर्मचारी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनको लागि खटिएकाले आजदेखि ३० गते सम्म सबै सरकारी कार्यालयहरुबाट अतिआवश्यक सेवा बाहेकका सेवा बन्द हुने छन् ।

आईतबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सुचना जारी गर्दै सेवा बन्द हुने जनाएको हो । सरकारी कर्मचारीहरुका निर्वाचन बनाउन जिल्लाका बिभिन्न ठाउँमा खटिएका छन् ।

यस्तै निर्वाचनको दिन सवारी आवागमन बन्द हुने भएका छन । स्थानीय तहको निर्वाचनलाई स्वच्छ र शान्त रुपमा बनाउनकै लागी मतदानको दिन सवारी आवागमन बन्द गर्ने भएको निर्णय जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वैशाख २९ गते राती १२ बजे देखि ३० गते मतदान सम्पन्न नहुँदा सम्म एम्बुलेन्स, दमकल, दुर सन्चार सेवा, अस्पताल सेवा, विद्युत सेवा, सवारी पास लिएका यातायातका साधन र सुरक्षा निकायका सवारी साधन जस्ता अति आवश्यक बाहेका सवै यातायातका साधनहरु बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्काले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार