राँगाले हानेर एक जनाको मृत्यु

राँगाले हानेर एक जनाको मृत्यु

राँगाले हाने एक जनाको मृत्यु भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं। ४ कुम्रुकमा राँगाले हानेर एक जनाको मृत्यु भएको हो। एक जना घाइते भएका छन् ।

आइतबार विहान ६ बजेको समयमा राँगाले हानेर ४४ वर्षीय खुमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी जगदिश रेग्मीले बताए । उनको छोरी २० वर्षकी रबिना भने घाइते भएकी छिन् ।

आफैंले पाल्दै आएको राँगालाई बाँध्ने भन्दै गोठ नजिँदै जाँदा राँगाले नेपालीलाई हानेको थियो । घाइते नेपालीलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा उपचार हुन नसकी थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।

बाटोमा अवस्था गम्भीर भएपछि सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित भोटेओडार अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए । मान्छे हान्दै हिँडेपछि राँगालाई प्रहरीले गोली हानेर मारेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार