रुकुममा कांग्रेस-माओवादीको संयुक्त अपिल : झगडा नगरौं, स्वच्छ प्रतिस्पर्धा गरौं

रुकुममा कांग्रेस-माओवादीको संयुक्त अपिल : झगडा नगरौं, स्वच्छ प्रतिस्पर्धा गरौं

मुसिकोट । निर्बाचन मिति नजिकिदै गर्दा दैनिक जसो झडप भईरहेको रुकुम पश्चिममा स्थानिय राजनितिक दलहरुले सहमतीको प्रयास गरेका छन् । अन्यत्र जस्तो सत्ता गठबन्धन नभएको यहाँ माओवादी र कांग्रेस कार्यकर्ता बिच तिक्तता पुर्ण ब्यबहार भईरहेको छ । केहिदिन यता बिभिन्न पाटिका दर्जन कार्यकर्ता घाईते हुने गरि भएका झडपले यतिबेला रुकुम त्रसित बनेको छ ।

अति भए पछि जिल्लामा आयोजना गरिएको सर्बदलिय, सर्बपक्षिय बैठकमा शान्ती कायम गर्ने सहमती भएको हो । बैठक पछि  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा भइरहेका हुलदंगा र झडपप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओली र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाएका हुन् ।

‘केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथि नै प्रहार हुने गरी भइरहेका यस्ता अवाञ्छित क्रियाकलापहरूबाट शान्तिपूर्ण र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा नकारात्मक असर पर्ने देखिएले निर्वाचन प्रचार प्रसारको सिलसिलामा एक अर्काप्रति उत्तेजक अभिव्यक्ति नदिन, संयमित रुपमा प्रस्तत हुन, मानिसहरूको भिडभाड नगराउन, युनिफर्म जस्तो देखिने पोशाक प्रयोग नगर्न, वडाभित्र अन्य वडाको व्यक्तिहरु भेला नगराउन, निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न र हाल भइरहेका झडपजन्य गतिविधिहरू तत्काल रोकी जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिष्पर्धाको वातावरण सिर्जना गर्न आ-आफ्नो पार्टी पंक्तिलाई निर्देशन गर्ने सहमति भएको छ’ अपिलमा भनिएको छ।

आईतबार अर्थमन्त्री जनादर्न शर्मा, काँग्रेस नेता एवं पूर्व उद्योग राज्य मन्त्री गोपाल जि जङ्ग शाह, कांग्रेस केन्द्रिय सदस्य मानबहादुर नेपाली, काँग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओली, राजनीतिक दलका नेताहरु, मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति भएको सर्वदलिय बैठकले यस्तो अपिल जारी गर्ने निर्णय गरेको थियो ।

एकसाता यता जिल्लाका विभिन्न ठाउँमा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भइरहेको छ ।

रुकुम पश्चिमका ६ वटा स्थानीय तहमध्ये मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल भएको छ ।

मुसीकोट नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भए पनि अन्य ५ पालिकामा माओवादी केन्द्र एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार