मौन अवधि भोलि राति १२ बजेबाट सुरु हुँदै

मौन अवधि भोलि राति १२ बजेबाट सुरु हुँदै

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

भोलि राति १२ बजेबाट मौन अवधि लागु हुँदै छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदै छ ।

मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्षरविपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ ।

सामाजिक सञ्जालको प्रायोग गरी पक्ष वा विपक्षमा प्रचार गर्न तथा भ्रामक सूचना प्रवाह गर्न पनि पाइने छैन ।

मौन अवधिमा पालना गर्नुपर्ने आचरण :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार