रुकुम पूर्वमा एक महिलाको शव फेला

रुकुम पूर्वमा एक महिलाको शव फेला

सांकेतिक तस्बिर

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ को जंगलमा एक महिलाको शव फेला परेको छ। सोही गाउँपालिका उपल्लोसेराकी ३९ वर्षीया दुथी बुढाको शव भेटिएको प्रहरीले बताएको छ।

गत वैशाख १९ गते राति भएको माओवादी र एमाले कार्यकर्ताबीचको झडपपछि ति महिला हराईरहेकी थिइन्। प्रहरीले घटनाको पुष्टि गरेको छ।

पूर्वी रुकुमका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको बताए। ‘अनुसन्धान सुरु भएको छ। प्रहरी परिचालन भईसकेको छ।’ उनले भने। ‘गएको १९ गते देखिको मिसिङ केश हो। आज बिहान ९ बजे शव भेटिएको छ। खोजी गरिपाउँ भनेर निवेदन पनि आएको थियो। प्रहरी खोजी मै थियो।’

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का भन्छन्, ‘राजनितिक इशु हुन सक्छ। गत १९ गते राति दलका कार्यकर्ताबीच झडप भएको थियो।’ उनकाअनुसार ति महिला झडपमा परेको भन्दै भाइ खोज्न गएकी थिइन् तर उनी नै हराएकी थिइन्।

नेकपा एमालेले भने माओवादीका कार्यकर्ताले उनको हत्या गरेको दाबी गरेको छ। जिल्ला कमिटी अध्यक्ष टोपबहादुर ओलीले एक विज्ञप्ति जारी गरी माओवादी कार्यकर्ताले बलात्कार गरी ती महिलाको हत्या गरेको भन्दै दोषीउपर कारबाहीको माग गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार