नेपालमा कोरोना भाइरस संक्रमित छैंठौ बाग्लुङकी ६५ वर्षीया मनकुमारी पौडेल आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरी अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएकी हुन् । महिला फ्रान्सबाट कतार हुँदै फर्किएकी थिइन् । उनलाई २० चैत्रमा रोग पत्ता लागेको थियो । १७ दिन अस्पताल बसेर डिस्चार्ज भएकी उनी सुगर र प्रेसरकी विरामी हुन् । तैपनि उच्च मनोबलका कारण उनले कोरोनालाई जितिन् । तस्बिर : रासस