मुसिकोट । मुसिकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार रुकुम पश्चिमका ३४ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।
रुकुम पश्चिममा जम्मा ७३ वडा रहेका छन् । जसमध्ये मुसिकोट नगरपालिकाका १४ वडामध्ये ७ वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।
त्यस्तै, चौरजहारी नगरपालिकाका ९ वडामा अधिवेशन सम्पन्न भएको नगर सभापति प्रेमबहादुर ओलीले जानकारी दिनुभयो । आठबिसकोट नगरपालिकामा भने १ वडामा मात्रै अधिवेशन सम्पन्न भएको छ।
सानीभेरी गाउँपालिकाका ५ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । बाँफिकोट गाउँपालिकाका ७ वडामा पनि अधिवेशन सम्पन्न भएको जनाइएको छ । त्यस्तै, त्रिवेणी गाउँपालिकाका २ वडामा अधिवेशन सम्पन्न भएको छ।
बाँकी ३९ वडामा आइतबार (आज) अधिवेशन सम्पन्न हुने निर्वाचन अधिकृत किशोर पौडेलले जानकारी दिनुभयो ।

