सानीभेरी २ मा माओवादीका मानबहादुर पुनको प्यालन विजयी

सानीभेरी २ मा माओवादीका मानबहादुर पुनको प्यालन विजयी

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ  ।४ सय ८२ मत ल्याएर वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुन विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्धन्दि नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा पनि माओवादी केन्द्रका गंगादेवि पुन, आशा खमाई, तिखे पुन र धने कामी विजयी हुनुभएको छ ।

वडा नम्बर १ मा पनि माओवादी केन्द्रका टेकबहादुर पुनको प्यान विजयी भएको थियो । पुनले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दि नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर बिष्टले १ हजार ३२ मत ल्याएर अग्रता कायम गर्दा नेपाली कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले ४ सय ८२ मत पाउनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोकाले १ हजार ३५ मत पाउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले ३ सय ७ मत पाउनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार