नासो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर विजयी

नासो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर विजयी

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् ।

गुरुङले ८ सय २० मत प्राप्त गरि एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । एमालेका अध्यक्ष उम्मेदवार मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याएका छन् ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेदवार बनेका थिए । उपाध्यक्ष पनि सत्तागठबन्धनले जितेको छ ।

माओवादी केन्द्रका बेदबहादुर गुरुङले ९ सय १३ मत ल्याएर विजयी भए । उनले अर्विन गुरुङलाई पराजित गरेका हुन् ।

पराजित गुरुङले ४ सय ९६ मत ल्याएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका गुरुङलाई एमालेले सघाएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार