वडाध्यक्ष जितेका ३ बागी उम्मेदवार

वडाध्यक्ष जितेका ३ बागी उम्मेदवार

डडेल्धुराको गन्यापधुरा १ मा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै करुवा चुनाव चिन्हका नरेश भण्डारी वडाध्यक्ष विजयी भएका छन् । गन्यापधुरा १ प्रधानमन्त्री शेरबहादुर देउवाले भोट हालेको वडा हो ।

रुपन्देहीको बुटवल १ मा कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार नरेन्द्र बस्नेत विजयी । अघिल्लो चुनावमा एमालेसँग हारेका नरेन्द्रले यो पालि कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ मा बागी उम्मेदवार सुन्दर ओली अध्यक्षमा निर्वाचित । आफ्नै पार्टी माओवादी केन्द्रकै लक्ष्मण ओलीलाई पराजित गर्दै सुन्दर विजयी बनेका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार