सल्यानको कुमाख गाउँपालिका अध्यक्षमा कांग्रेसका मानबहादुर विजयी

सल्यानको कुमाख गाउँपालिका अध्यक्षमा कांग्रेसका मानबहादुर विजयी

सल्यानको कुमाख गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी निर्वाचित भएका छन । उपाध्यक्ष भने नेकपा एमालेले जितेको छ ।

निर्वाचित अधिकृत रामहरी रिजालका अनुसार अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४० मतान्तरले विजयी भएका छन् । बुढाथोकीले ४ हजार ०५८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैशीले ४हजार १२ मत ल्याए ।

यस्तै उपाध्यक्षमा एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४ हजार १४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३ हजार ९४३ मत ल्याइन् ।

यहाँ कांग्रेस र एमालेबीच तालमेल भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार