रुकुम पूर्वको पुथा उत्तरगंगामा अध्यक्ष, उपाध्यक्षमा माओवादीको विजयी

रुकुम पूर्वको पुथा उत्तरगंगामा अध्यक्ष, उपाध्यक्षमा माओवादीको विजयी

रुकुमकोट । रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

नेपाली कांग्रेसका उम्मेदवार तेजेन्द्र खाम मगरलाई हराउँदै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पुनीराज घर्ति विजयी हुनुभएको छ । पुनीराजले ३९१३ मत प्राप्त गर्दा तेजेन्द्रले २११३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकै भूपेन्द्रा बुढा विजयी हुनुभएको छ । उहाँले ४०५९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी कलाकुमारी मल्लले २०१० मत प्राप्त गर्नुभएको छ ।

यहाँ माओवादीले ११ वडा जितेको छ भने २ एमालेले १ कांग्रेसले जितेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि गाउँपालिका दुबै मुख्य पदमा माओवादी केन्द्र विजयी भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार