सानीभेरी गाउँपालिकामा माओवादी विजयी

सानीभेरी गाउँपालिकामा माओवादी विजयी

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ।  सोमबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी हुनुभएको छ ।

अध्यक्षमा विष्टले ६०१९ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिद्धवन्द्धी कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दले ४३२० मत प्राप्त गरेर पराजित हुनुभयो ।

उपाध्यक्षमा निर्वाचित कमला रोकाले ५९५८ मत ल्याउदा उहाँका प्रतिद्धवन्द्धी नेकपा एमालेका प्रकाश खड्काले ३४४२ मत प्राप्त गर्नुभएको छ ।

सानीभेरी गाउँपालिकाका ११ वटा वडामा दुई वटा वडा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन भने बाँकी ९ वडामा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार